कोरोनाको खोप आपूर्तिमा निजीक्षेत्रलाई सहभागी गराउन माग
abhiyandaily.com
वीरगञ्ज । कोरोनाविरुद्धको खोप सहज रूपमा उपलब्ध गराउन निजीक्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ ले सोमवार विज्ञप्ति निकालेर नागरिकलाई खोप उपलब्ध गराउन माग गरेको हो ।
निजीक्षेत्रलाई खोपको आपूर्तिमा सहभागी गराइनुपर्ने सुभाव महासंघको छ । खोप आपूर्तिमा निजीक्षेत्रलाई सहभागी गराउँदा हरेक नेपालीले सहज रूपमा खोप पाउन सक्ने दाबी महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)