हल्याण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको पुनरागमन जित
pahilopost.com · Sat Aug 27 17:19:16 GMT 2022
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि उत्कृष्ट पुनरागमन जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफमा दुई गोलले पछि परेको सिटीले दोस्र हाफमा पुनरागमन गर्दै ४-२ गोलको जित निकालेको हो।
सिटीको जितमा अर्लिङ हल्याण्डले ह्याट्रिक गर्दा बर्नान्डो सिल्भाले एक गोल गरे। खेलको चौथो मिनेटमै जोन स्टोन्सको गोलमा प्यालेसले अग्रता बनाएको थियो। त्यस्तै २१ औं मिनेटमा जोआसिम एन्डरसनले गोल थप्दा पहिलो हाफमा प्यालेस दुई गोलले अघि रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)