भयावह बन्दै बालबालिकाको आत्महत्या : पाँच वर्षमा ३ हजार ८०० ले गुमाए ज्यान
thahakhabar.com
काठमाडौं : पछिल्लो पाँच वर्षमा नेपालमा तीन हजार ७९० बालबालिकाले आत्महत्या गरेका छन्। यसरी हेर्दा हरेक दिन सरदर दुई बालबालिकाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ। यो वर्षको ९ महिनामा २६६ बालक तथा ५२९ बालिकाले मृत्युको बाटो अँगालेको देखिन्छ।
२०७५-७६ मा १८९ बालक र २७० बालिकाले आत्महत्याको बाटो समातेका छन्। ०७६/७७ मा २५२ बालक र ४०९ बालिका, ०७७/७८ मा २९४ बालक र ४७० बालिका छन्। यस्तै, ०७८/७९ को तथ्यांकमा २५३ बालक र ४५६ बालिकाले आत्महत्या गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)