कृषिमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
gorkhapatraonline.com · Tue Oct 27 15:58:26 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबिच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरूसँग सहकार्य र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)