मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्यामरुनी टिमलाई शुभकामना गोल्डकप

ekantipur.com · Tue Jun 28 00:59:41 GMT 2022

पोखरा — नेपाल आइस छैटौं शुभकामना गोल्डकप फुटबलको उपाधि क्यामरुनको एभिनियर क्लबले जितेको छ । गौरीशंकर खेलमैदानमा आइतबार सम्पन्न फाइनलमा एभिनियरले आयोजक हेमजा युनाइटेडलाई ३–१ ले हराएर ६ लाखसहित उपाधि उचालेको हो । हेम्जाले ३ लाख रुपैयाँ पायो ।

एभिनियरले खेलको छैटौं मिनेटमा नै अग्रता लियो । विल्लेले प्रहार गरेको कर्नरमा आनिसेले हेडर मार्फत गोल गरे । निकै दबाबमा परेको हेम्जाले खेलको ३५ औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो । एभिनियरका डिफेन्डर र गोलरक्षक कोभासिस झुक्किरहँदा सुशील राईले गोल गरे । खेलको पहिलो हाफ बराबरीमै रोकिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)