मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा

ratopati.com · Wed Sep 18 18:58:00 UTC 2024

भक्तपुर । आश्विन शुक्ल पूर्णिमाको अवसरमा बुधबार राति ८ बजे मध्यपुरथिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा भव्य रूपमा मनाइएको छ । मध्यपुरथिमि–५ का विरेन्द्रभक्त श्रेष्ठले मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा नकर्मीले एक महिना अगाडि बनाएर शुद्ध तोरीको तेलमा डुबाएर राखेको करिब १० इन्च लामो सियोबाट जिब्रो छेडाए ।

उनले कमिनायबाट जिब्रो छेडाएर ४० किलोको भ्वयः अर्थात महादीप बोकेर खाली खुट्टाले पशुपति नाथ मन्दिरसम्म यात्रा गरे । संस्कृति, पर्यटन तथा नागरिक उडडन मन्त्री बद्रीप्रसाद पाण्डेले जिब्रो छड्ने जात्राको अवलोकन गर्दै हौसला प्रदान गरे । उनले यहाँको कला, संस्कृति, जात्रा, पर्व र परम्पराले इतिहास बोकेकाले यस्तो पर्वको संरक्षण गर्नु पर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)