इरानी राष्ट्रपति र कतारी अमिरबीच मस्कोमा भेटवार्ता
lokaantar.com

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मस्कोमा आयोजित ऊर्जा मञ्चका क्रममा कतारका अमिर तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
इरानी सरकारी टेलिभिजनका अनुसार भेटवार्तामा तेहरान र दोहाबीचको वर्तमान सम्बन्धको समीक्षा गरिएको थियो । दुवै पक्षले राजनीतिक तथा आर्थिक सम्बन्ध थप सुदृढ बनाउने र द्विपक्षीय सहयोग विस्तारका सम्भावनाको उपयोग गर्ने विषयमा जोड दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)