ऋण चुक्ता गर्न २४ समस्याग्रस्त सहकारीलाई व्यवस्थापन समितिको ताकेता
clickmandu.com · Wed Aug 26 03:18:14 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित विभिन्न सहकारीका ऋणी तथा पदाधिकारीहरूलाई तत्काल ऋण चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ ।
बुधबार एक सार्वजनिक सूचना जारी गर्दै समितिले नेपाल सरकारबाट सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, जिम्मेवार कर्मचारी र जमानीकर्ताहरूलाई बाँकी रहेको ऋण रकम, साँवा, ब्याज तथा हर्जानासहित बुझाउन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)