मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जग्गा विवादले सिँचाई आयोजनामा ढिलासुस्ती

ratopati.com

सम्झौताअनुसार काम भएको भए खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लोकतान्त्रिक सिँचाई योजना हाल सञ्चालनमा आइसकेको हुन्थ्यो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे, दिप्रुङ चुइचुम्मा गाउँपालिका–सछितापोखरी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका खेतमा सिँचाइ सुविधा पुगिसकेका हुन्थे । तर, सम्झौता म्याद नाघिसक्दा सिँचाई योजनाको करिब ६० देखि ६५ प्रतिशत मात्र काम सकिएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले बताए । २०७९ असार मसान्तभित्र काम सम्पन्न गर्नेगरी लोकतान्त्रिक सिँचाई आयोजनाको सम्झौता ७ मंसिर २०७६ मा गरिएको थियो ।

डिजाईन परिवर्तन, निर्माण कम्पनी स्काई रामसागर विवस जेभीको ढिलासुस्ती र कोभिड–१९ को महामारीका कारण लोकतान्त्रिक सिँचाई योजनाको काम सम्झौता अवधिमा पुरा हुन नसकेको हो । प्रदेश सरकारको ७ करोड ८२ लाखको लागतमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको सिँचाई आयोजनाको काम सुरु गरिएको हो । सुरुमा सिँचाई योजनाको नहर आरसीसी ढलान गर्नेगरी डिजाइन गरिएको थियो । सोही अनुसार रुटमा पर्ने क्षेत्रका जग्गाधनीबाट जग्गा व्यवस्था गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)