काठमाडौँको तीनकुनेमा एम्बुलेन्स दुर्घटना
ratopati.com · Wed Jul 23 17:59:00 GMT 2025

काठमाडौँ। काठमाडौँको तीनकुनेमा एक एम्बुलेन्स दुर्घटनामा परेको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाका बिरामीलाई काठमाडौँको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स राति करिब १० बजेतिर दुर्घटनामा परेको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको देखिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)