मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्यानपावर विवादले रोकियो मलेसियाको रोजगारी, नयाँ भिसा प्रक्रिया ठप्प

ratopati.com · Tue Oct 27 16:58:40 GMT 2026

काठमाडौँ । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटसम्बन्धी विवाद दुई देशबिच सुल्झिन नसक्दा नयाँ कामदार जाने प्रक्रिया रोकिएको हो ।

मलेसिया सरकारको ‘फरेन वर्कर सेन्टरलाइज म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) ले गत १५ असोजदेखि नयाँ श्रमिकको बायोमेडिकल (स्वास्थ्य परीक्षण) दर्ता गर्न रोकेपछि ‘कलिङ भिसा’ जारी हुन सकेको छैन । एफडब्लूसीएमएस सञ्चालन गर्ने कम्पनी वेस्टिनेट एसडीएनले मलेसियाद्वारा सूचीकृत २५ म्यानपावर कम्पनी (प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी) सक्रिय भएपछि मात्र बायोमेडिकल दर्ता खुल्ने सर्त राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)