क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
ratopati.com · Tue Oct 27 17:02:54 GMT 2026
काठमाडौँ । वर्ल्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन पाँच सदस्यीय नेपाली खेलाडी टोली मंगलबार दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेको छ ।
यही अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट तीन पुरुष र दुई महिला खेलाडी सहभागी हुने छन् । पुरुषमा रोनक उप्रेती, तन्जिङ बर्टिन राई र शुलभ राई तथा महिलामा स्वस्तिका चौधरी र मनीषा बुढा मगर रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)