मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल

ratopati.com · Fri Feb 03 22:56:00 GMT 2023

पोखरा । चालु आर्थिक वर्षका लागि ल्याएको बजेट रकमान्तरणका लागि गण्डकी प्रदेश सरकारले विनियोजन ऐन संशोधन प्रस्ताव गण्डकी प्रदेश सभामा टेबल गरेको छ । आर्थिक मामिला मन्त्री सीता सुन्दासले संशोधनका लागि बनेको संशोधन प्रस्ताव प्रदेश सभामा टेबल गरेकी हुन् ।

उक्त संशोधन ऐनमा चैत्रपछि मात्र रकमान्तरण गर्न पाउने व्यस्था सहित टेबल गरेको हो । विनियोजन ऐन २०७९ को दफा ३ को उपदफ ५ मा उपदफ २, ३ र ४ बमोजिम रकमान्तरण अनिवार्य दायित्वको हकमा बाहेक चैत महिनाअघि गरिने छैन भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)