चपुरमा कवि मनु मञ्जिल र गजलकार ‘रोदन’
rajdhanidaily.com · Mon Oct 16 00:00:24 GMT 2023
रौतहट । चन्द्रनिगाहपुर सिटी जेसिसको आयोजनामा साहित्यसँग जेसिस कार्यक्रम सम्पन्न भएको छ । सो साहित्य कार्यक्रममा चर्चित कवि मनु मञ्जिल र गजलकार प्रदिप ’रोदन’ले आफ्ना चर्चित रचनाहरू वाचन गर्नुभएको थियो। उहाँहरुको रचनामा कार्यक्रममा उपस्थित श्रोताहरु निकै उत्साहित देखिएका थिए ।
कवि मनु मञ्जिलले आफ्नो ठाउँमा निकै समयको अन्तरालमा साहित्य कार्यक्रम उपस्थित हुन पाउँदा निकै खुशी लागेको बताउँदै चन्द्रपुर साहित्यको उर्भर भूमि रहेको स्मरण गरे । उनले साहित्यले चन्द्रपुरलाई विश्वमा चिनाउन मद्दत गर्ने भन्ने नव साहित्यकारलाई मेहनतका साथ निरन्तर लाग्न सुझाए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)