‘अल्फा’ को टिजर : यशराजको स्पाइ युनिभर्समा आलियाको एक्सन अवतार
onlinekhabar.com · Wed Jun 10 09:38:50 GMT 2026

निर्माता आदित्य चोपडाको यशराज फिल्म्स (वाईआरएफ) ले आलिया भट्ट मुख्य भूमिकामा रहेको फिल्म ‘अल्फा’ को टिजर सार्वजनिक गरेको छ । टिजरले युनिभर्सभित्रको पहिलो ‘ओरिजिन स्टोरी’ प्रस्तुत गर्छ, जसमा हत्या गर्नकै लागि हुर्काइएकी र तयार पारिएकी एक युवा हत्याराको कथा देखाइएको छ ।
टिजरमा आलियाले निर्वाह गरेको पात्रलाई उनका बुबाले हुर्काएको देखाइएको छ, जसको भूमिका बबी देओलले निभाएका छन् । वाईआरएफले फिल्मकी अर्की मुख्य अभिनेत्री शरवरीको पात्रबारे पनि चाँडै खुलासा गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)