चौबिस कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति
barnanmedia.com · Sun May 17 14:12:41 GMT 2026

काठमाडौँ, ३ जेठः नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।
बोर्डका अनुसार कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति प्राप्त भएको हो । त्यसको मूल्य रु नौ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० बराबर छ । अनुमति प्राप्त गरेका कूल कम्पनीमध्ये १५ वटा जलविद्युत् आयोजनाका मात्रै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)