नेकपामा ओलीको आन्तरिक सर्कुलरः संसद् विघटन प्रचण्डकै कारण
hamrakura.com · Tue Jan 12 16:55:00 UTC 2021
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकर्मी पुष्पकमल दाहाल प्रचण्ड पार्टीलाई ध्वंश गर्दै विभाजनतर्फ लगेको आरोप लगाएका छन् । उनले पार्टीको आन्तरिक सर्कुलरमा सो कुरा उल्लेख गर्दै प्रचण्डको सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने ध्वंसात्मक रणनीतिका कारण यस्तो अवस्था आएको दावी गरेका हुन् । संसद् विघटनको अवस्था आउनुमा नेकपाका अध्यक्ष प्रचण्डकै हात रहेको निष्कर्ष निकालेका छन् ।
पुस ७-९ मा सकिएको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकको निर्णयलाई तल्लो तहसम्म सर्कुलर गर्दै विभाजित अर्को समूहको अध्यक्ष समेत रहेका ओलीले यस परिस्थिति निर्माणका लागि प्रचण्डलाई दोष दिएका छन्। प्रचण्डको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने, नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंसकारी मनशाय पार्टी विभाजनको मुख्य जिम्मेवार रहेको ओलीले सर्कुलरमा उल्लेख गरेका छन् । ‘पार्टी नेतृत्व परिवर्तनका लागि ४ महिनापछि हुने महाधिवेशन कुर्न नसक्ने र प्रधानमन्त्री परिवर्तनका लागि अर्को जनादेश पर्खिन नसक्ने उहाँहरूमा अन्तर्निहित अलोकतान्त्रिक चरित्रले यसमा निर्णायक भूमिका खेलेको छ । राजनीतिलाई पद, पैसा र परिवारको हितका रुपमा मात्रै बुझ्ने स्वार्थी चिन्तनले यसमा काम गरेको छ’, ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन ६ मा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)