घरेलु मैदानको फाइदा लिने आस
ekantipur.com · Tue Feb 14 01:13:32 GMT 2023
काठमाडौँ — नेपालले विश्वकप लिग–२ क्रिकेटमा विजय हात पार्न नसकेको एउटा टोली नामिबिया हो । त्यही नामिबियासँग मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दा नेपालले उच्च मनोबलका साथ खेल्ने लक्ष्य बनाएको छ । स्कटल्यान्डसम्मिलित यस त्रिकोणात्मक शृंखलाले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय भविष्य पनि निर्धारण गर्नेछ ।
पछिल्लो समय एकजुट भएर खेल्न नसकेको आरोप नेपाली टोलीमाथि लाग्दै आएको छ । नेपालको कमजोर प्रदर्शनले पनि ती आरोपमा टेवा पुगिरहेको छ । लगातार रूपमा प्रशिक्षक र कप्तान फेरिनु, टिमभित्र गुट र अनुशासनको पक्ष खुला रूपमा बाहिर आउँदा नेपाली क्रिकेट ठूलो संकटमा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)