एल निनोले बढायो खडेरीको जोखिम
nepalnews.com · Wed Aug 26 05:00:38 GMT 2026

सान साल्भाडोर । मध्य अमेरिकामा एल निनोका कारण वर्षा घटेर गम्भीर खडेरी र खाद्य संकटको जोखिम बढेपछि पनामा र एल साल्भाडोरले आपतकालीन सतर्कता घोषणा गरेका छन् । पानीको सतह घटेपछि पनामा नहरमा जहाज आवागमन प्रभावित भएको छ भने एल साल्भाडोरमा वर्षाको अभावले कृषि उत्पादनमा क्षति पुगेको छ।
पनामा मङ्गलबार एल निनोका कारण आपतकालीन अवस्था घोषणा गर्ने होन्डुरस र एल साल्भाडोरपछिको तेस्रो मध्य अमेरिकी देश बनेको हो। पनामाका गृहमन्त्री डिनोस्का मोन्टाल्वोले घोषणाले एल निनोबाट आउन सक्ने जोखिम सामना गर्न आवश्यक तयारी गर्न सहज हुने बताए। गम्भीर खडेरीले कृषि उत्पादनमा क्षति पुर्याएपछि खाद्य अभाव र अनिकालको चिन्ता बढेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)