मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कार्यक्रममूलक बजेटको प्रभावकारिता

abhiyandaily.com

कुनै पनि राष्ट्रको सरकारी खर्चलाई उपलब्धिमूलक बनाउन बजेटको भूमिका रहन्छ । सन् १९५० मा संयुक्त राज्य अमेरिकाले खर्चको उपादेयतालाई दृष्टिगत गर्दै कार्य सम्पादन बजेट प्रणालीको थालनी गरेको पाइन्छ । यो विभिन्न सरकारी तथा निजीक्षेत्रका कार्यक्रमसँग आबद्ध बजेट हो । खर्चको उत्पादकत्वको यकीन गर्न कार्यक्रममूलक बजेट तयार पार्नुपर्छ । खर्चको गुणात्मक एवं परिमाणात्मक मूल्यांकनका लागि यस्तो बजेट आवश्यक पर्छ । कार्यसम्पादन बजेटको जटिलतालाई हटाउन सन् १९६० मा कार्यक्रम बजेटको विकास भएको थियो । यसले नीतिगत उद्देश्य तथा खर्चको वर्गीकरणलाई बढी जोड दिन्छ । यस प्रणालीका आधारभूत तत्त्वहरूमा संस्थागत उद्देश्यसहितको र प्राप्तिका उपायसहितको कार्यक्रम, स्वीकृत कार्यक्रम र त्यसको विस्तृत विवरण, कार्यक्रम कार्यान्वयनको फ्रेमवर्क, कार्यक्रमको प्रभावकारिता मूल्यांकन र सूचना प्रणाली पर्दछन् । कुनै कार्यक्रम र आयोजनाहरूको विशेष क्रियाकलापलाई विभिन्न भागमा विभाजन गरी त्यसका आधारमा बजेटको बाँडफाँट गरी तयार पारिएको बजेटलाई नै कार्यक्रम बजेट भन्ने गरिन्छ । यो बजेट विकास खर्चकै एक पाटो हो तापनि यसमा मूलत: पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रमको आधारमा बजेटको व्यवस्था गरिएको हुन्छ ।

बजेटको लक्ष्य नै लागत प्रभावकारिता र परियोजनाको प्रभावकारिता विश्लेषण गर्ने हो भन्ने कुरा भुल्नु हुँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)