मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जेन–जेडको उभारसँगै ‘वन पिस’को स्ट्राह्याट झण्डा मेक्सिकन प्रतिरोधको प्रतीक

barnanmedia.com · Mon Nov 17 21:15:01 GMT 2025

मेक्सिकोमा बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनताविरुद्ध जेन–जेडले नेतृत्व गरेको आन्दोलन तातेसँगै राजधानीका सडकहरूमा एउटा अनौठो तर शक्तिशाली प्रतीक देखिन थाल्यो—परालको टोपी लगाएको खोपडी अङ्कित ‘वन पिस’ मङ्गा झण्डा । प्रारम्भमा कार्टुन झण्डा र राजनीतिक आन्दोलनबीचको मेल अस्वाभाविक लागे पनि युवाहरूका लागि यो प्रतीकले गहिरो अर्थ बोकेको मानिन्छ ।

अल जजिराका अनुसार लोकप्रिय सांस्कृतिक पात्रहरूको प्रयोग प्रदर्शनकारीहरूले साझा मूल्य, विद्रोह र न्यायको चाहनालाई व्यक्त गर्ने माध्यम बन्न थालेको छ । विश्वभर जेन–जेड आन्दोलनमा प्रयोग हुँदै आएको समुद्री डाकू शैलीको यो खोपडी झण्डा अहिले मेक्सिकन प्रतिरोधको पहिचानजस्तै बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)