मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हालान्ड चम्किँदा सिटीको सुखद सुरुवात

ratopati.com

इर्लिङ हालान्ड चम्किदा म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ । सिटीले आइतबार राति भएको खेलमा वेस्ट ह्याममाथि २–० गोलको जित निकालेको हो । वेस्ट ह्यामको मैदानमा सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई गोल गरे ।

खेलको ३६ औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । हालान्डको यो प्रिमियर लिगको डेब्यू गोल हो । ६५ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)