मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बुधबार-बिहीबारदेखि नेपालमा मनसुन भित्रिने 

ekantipur.com · Tue Jun 13 00:30:29 GMT 2023

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले यस वर्ष एकदुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने बताएको छ । जुन १३ गते नेपालमा मनसुन भित्रिने गर्छ । हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू-भाग, बंगलादेश र भुटानसम्म आइपुगेको पुगेको छ।

विभागको पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानले कोसी प्रदेशमा मनसुन भित्रिन अझै केही दिन लाग्न बताए । 'नेपालको पूर्वी भू-भागबाट मनसुन भित्रिने गर्छ । बुधबार/बिहाबारदेखि नेपालमा मनसुन भित्रिन सक्छ,' मौसविद् लामिछानेले कान्तिपुरसित भने । विभागले जुन १३ देखि अक्टोबर २ सम्मको अवधिलाई मनसुन मान्ने गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)