कर्नाटकमा मतदाता सूची पुनरीक्षणपछि ७२ लाख मतदाता घटे, एक जना ‘पाकिस्तानी नागरिक’ पनि भेटिए
ratopati.com · Tue Oct 27 19:00:00 GMT 2026

काठमाडौँ । भारतको कर्नाटक राज्यमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया सम्पन्न भएपछि कुल मतदाताको सङ्ख्यामा करिब ७२ लाखले कमी आएको छ । विवादका बिच सम्पन्न भएको यस पुनरीक्षणपछि राज्यमा मतदाताको कुल सङ्ख्या ५ करोड ५४ लाख ३२ हजार ३१४ बाट घटेर ४ करोड ५५ लाख ११ कायम भएको छ ।
अद्यावधिक विवरण अनुसार राज्यमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी देखिएको छ । महिला मतदाताको सङ्ख्या २ करोड २९ लाख १२ हजार ३५५ रहेको छ, जुन पुरुषको तुलनामा ३ लाख ३० हजार ९५६ ले बढी हो । पुरुष मतदाताको सङ्ख्या २ करोड २५ लाख ८३ हजार १०७ र अन्य श्रेणीका मतदाताको सङ्ख्या २ हजार ८४१ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)