रसुवा बाढीः काठमाडौँदेखि चितवनसम्मको सडक बन्द
gorkhapatraonline.com · Wed Aug 26 05:48:17 GMT 2026

भोटेकोशीमा बुधबार बिहान आएको बाढी पहिरोका कारण ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधन सञ्चालनमा पनि रोक लगाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चितवनलगायत पश्चिम, पोखरालगायत पश्चिम, गोरखा, लमजुङ, धादिङ, नुवाकोट र रसुवालगायत जिल्लामा जाने सवारीसाधन काठमाडौँमा रोकिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)