गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा दमौलीमा
ratopati.com · Tue Oct 27 19:15:00 GMT 2026

तनहुँ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा मंगलबार तनहुँको सदरमुकाम दमौली आइपुगेको छ । सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार र धार्मिक जागरण अभिवृद्धि गर्ने उद्देश्य राखेर आइतबारदेखि सुरु भएको रथयात्रा आज दमौली आइपुगेको हो ।
दमौली आइपुगेको रथयात्रालाई व्यास नगरपालिका–३ प्रशासनचोकमा विशेष कार्यक्रम आयोजना गरी स्वागत गरिएको छ । स्वागत कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले धार्मिक जागरण अभिवृद्धिका लागि व्यास नगरपालिका सधैँ क्रियाशील रहेको बताउनुभयो । नगरप्रमुख न्यौपानेले व्यासको जन्मभूमि दमौली र मुक्तिनाथधामलाई धार्मिक पर्यटनका माध्यमबाट जोड्न सकिए यस क्षेत्रको धार्मिक विकासमा टेवा पुग्ने उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)