पुटिनसँग फिनल्यान्ड र नर्वेका नेताको दुर्लभ संवाद, युक्रेन युद्ध अन्त्य गर्ने प्रयास
annapurnapost.com · Tue Oct 27 19:21:40 GMT 2026

काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेले संयुक्त टेलिफोन वार्ता गरेका छन् । युक्रेन युद्ध सुरु भएयता युरोपेली नेताहरू र पुटिनबीच भएको यस्तो प्रत्यक्ष संवाद दुर्लभ मानिएको बिबिसिले जनाएको छ ।
दुवै नेताका अनुसार वार्ताको उद्देश्य युद्ध अन्त्य गर्ने सम्भावित कूटनीतिक प्रयास र भविष्यमा हुने शान्ति वार्ताबारे सन्देश प्रत्यक्ष रूपमा राख्नु थियो । स्टबले युद्ध अन्त्यका लागि मौन बसेर सम्भव नहुने बताएका छन् । स्टोरेले भने पुटिनसँगका दृष्टिकोणमा ठूलो मतभेद रहेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)