मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

nepalnews.com · Wed Jun 10 09:55:42 GMT 2026

महेन्द्रनगर। यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा सुरु गरेका छन्। जिल्लामा नौवटा स्थानीय तह रहेका छन्।

अधिकांशले पालिकाले प्राविधिक टोली खटाएर विभिन्न वडामा धमाधम नापनक्सा कार्य सुरु गरेका हुन्। शुक्लाफाँटा नगरपालिका प्रमुख रणबहादुर महराले आजदेखि वडास्तरमा पुगेर नापजाँच सुरु गरिएको बताए। नगरपालिकाका नंं ५, १० र ११ मा नापनक्सा भइरहेको उनले जानकारी दिए। “६ वटा वडाको नापजाँच पहिले नै गरिसकेका थियौँ, हाल तीनवटा वडामा काम सुरु गरेका छौँ”, नगरप्रमुख महराले भने, “वडा नं ६, ७ र ८ को बर्खा सकिएलगत्तै नापनक्साका लागि टोली फिल्डमा खटिनेछ।”

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)