कीर्तिपुरको होल्डिङ सेन्टरमा भएको घटनाविरुद्ध विराटनगरमा धर्ना बस्न खोज्दा २६ युवा पक्राउ
barnanmedia.com · Sun Jul 12 01:26:34 GMT 2026

काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सुकुमवासीलाई सघाउन भनी पुगेका जेनजी युवालाई प्रहरीले धरपकड गरेको विरोधमा मोरङ जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्न खोज्ने २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार रातिको वर्षाले कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा पर्दा त्यहाँ राखिएका सुकुमवासको बिचल्ली भएपछि सहयोग गर्न भनेर शनिबार त्यहाँ पुगेका तीन जना जेनजी युवालाई प्रहरीले पक्राउ गरेको थियो। त्यस क्रममा प्रहरीले कुटपिट गर्दा जेनजी अभियन्ता माजिद अन्सारी घाइते भएका छन्। नहेन्द्र खड्का र सरिश्मा थापालाई भने रिहा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)