माजिदसहितका अभियन्ता पक्राउ परेको विषयमा नारायणकाजीको आपत्ति
himalpress.com · Sun Jul 12 01:36:21 GMT 2026

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले प्रहरीको उक्त कदमको घोर भर्त्सना गर्दै पक्राउ परेका सबै अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका हुन । कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरूलाई खानाबाट वञ्चित गर्न थालिएको र वर्षाको पानी पसेर डुबान हुँदा पीडादायी अवस्था सिर्जना भएको खबर सार्वजनिक भएको थियो । सोही वस्तुस्थिति बुझ्न, सहयोगको वातावरण निर्माण गर्न र सरकारको ध्यानाकर्षण गराउन अभियन्ताहरू माजिद अन्सारी, सस्मिता थापा र नहेन्द्र खड्का लगायतका युवाहरू त्यहाँ पुगेका थिए । सोही क्रममा प्रहरीले उनीहरूमाथि दुर्व्यवहार गर्दै गिरफ्तार गरेको नेता श्रेष्ठले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)