होर्मुजमा कन्टेनर जहाजमाथि आक्रमण : अमेरिकाद्वारा इरानमाथि तेस्रो चरणको हवाई हमला
nagariknews.nagariknetwork.com · Sun Jul 12 01:38:58 GMT 2026

होर्मुजको जलमार्गमा साइप्रसको झण्डा बोकेको कन्टेनर जहाजमाथि आक्रमण भएको आरोप लागेपछि अमेरिका र इरानबिचको सैन्य तनाव उत्कर्षमा पुगेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले यस हप्ता इरानमाथि तेस्रो चरणको हवाई आक्रमण सुरु गरेको घोषणा गरेको छ। यसअघि बुधबार र बिहीबार पनि अमेरिकाले इरानका विभिन्न सैन्य आधारहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, सिरिक, चाबहार, बन्दर-ए देयर, असलुयेह र बुशेहरका सैन्य ब्यारेकहरूमा कम्तीमा १२ वटा विस्फोटका आवाज सुनिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)