बडीमालिकामा लेक लागेका तिर्थयात्रीको हेलिकोप्टरबाट उद्दार
annapurnapost.com · Wed Aug 26 06:38:21 GMT 2026

बाजुरा : धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शनका लागि पुगेका एक युवक लेक लागेर गम्भीर बिरामी भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। बुढीगंगा नगरपालिका- ६ का ३४ वर्षीय चन्द्र पाध्याय बुधबार बिहान बडीमालिकाको त्रिवेणी पाटन क्षेत्रमा बिरामी भएका हुन्।
बडीमालिका मेला भर्न तथा भगवतीको दर्शनका लागि पुगेका पाध्यायलाई उच्च उचाइका कारण अक्सिजनको मात्रा कम हुँदा स्वास्थ्यमा समस्या देखिएको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)