पलेँटीमा गुञ्जिँदै छन् नीर शाहका गीत
ratopati.com · Wed Aug 26 06:40:04 GMT 2026

काठमाडौं । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’मा यसपटक गीतकार तथा अभिनेता नीर शाहका रचना प्रस्तुत हुने भएका छन्। कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा यही अगस्ट २८ र २९ तारिख आयोजना हुने कार्यक्रममा शाहले रचना गरेका झन्डै डेढ दर्जन गीत प्रस्तुत गरिनेछ। ती गीत पलेँटीका गायक मीना पोखरेल र रूपक चौधरीले गाउनेछन्।
झन्डै २२ वर्षदेखि सञ्चालन हुँदै आएको पलेँटीमा यसपटक नीर शाहका गैरफिल्मी तथा फिल्मी गीत समेटिएका छन्। ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ म हाँस्छु’, ‘गहिराइमा डुब्दै नडुब’, ‘अधरको मुस्कान त केही होइन’, ‘बादल बनाई देऊ’ र ‘हिउँभन्दा चिसो’ लगायतका गीत कार्यक्रममा प्रस्तुत गरिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)