मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेलम्ची–इन्द्रावती प्रकोप व्यवस्थापनबारे विज्ञसहित छलफल

ratopati.com

इन्द्रावती क्षेत्रको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी विज्ञहरुसहितको अन्तक्र्रिया कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा प्रकोप विज्ञ, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकाय प्रमुखको सहभागिता थियो ।

कार्यक्रममा भूगर्भविद डा.रञ्जनकुमार दाहालले चार वर्षअघि मेलम्ची क्षेत्रमा गर्नुभएको अध्ययनसमेत प्रस्तुतिमा जोड्दै मेलम्ची नदी किनारका बस्ती जोखिम रहेको सोही बेला नै जानकारी दिएको बताए । उनले पाँच–सात वर्षमा नदीले ल्याउने परिवर्तन त छँदैछ सय–दुई सय वर्षमा हुने परिवर्तनलाई साधारणतया आँकलन गर्न नसकिने बताए । भूगर्भविद दाहालले मेलम्चीको वितण्डा अस्वभाविक नभई समयान्तरमा यस्तो हुन सक्ने आफ्नो अध्ययनले बताएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)