बाढीले फुर्के खोला पुल बगायो
onlinekhabar.com · Wed Aug 26 06:42:50 GMT 2026

१० भदौ, काठमाडौं । रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ। पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार त्यहाँ केही मान्छेहरू फसेका छन्। उनले भने, ‘ठाउँ ठाउँमा राजमार्गसम्म पानीको सतह आइसकेको छ । राजमार्गको यात्रा ज्यादै जोखिमपूर्ण रहेको छ । पानीको बहाव धादिङ क्षेत्रमा बढीरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)