देउवाको पक्षमा संस्थापन समूह एकढिक्का
onlinekhabar.com · Sat Jul 10 17:16:34 GMT 2021
२६ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी सभापतिमा शेरबहादुर देउवाको पक्षमा अभियान थालेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरु शनिबार मध्यबानेश्वरस्थित आनन्द पार्टी भेन्यूमा भेला भएका थिए, जहाँ देउवालाई कसरी जिताउन सकिन्छ भनेर छलफल भएको छ ।
भदौ १६–१९ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन भएकै दोस्रो दिन केन्द्रीय सदस्यहरुलाई बोलाएर सभापतिमा दोहोरिने औपचारिक जानकारी गराएका थिए । लगातार दुई दिन प्रदेशगत रुपमा आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गरेका उनले महाधिवेशनको तयारीमा जुट्न निर्देशन समेत दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)