एयर फोर्स वानको समाचारपछि न्युयोर्क टाइम्सका पत्रकारलाई अदालतमा उपस्थित हुन ‘समन’
baahrakhari.com · Sun Jul 12 02:26:32 GMT 2026

काठमाडौं । अमेरिकी दैनिक न्युयोर्क टाइम्सका केही पत्रकारलाई अदालतमा उपस्थित भई बयान दिन ‘समन’ जारी गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ एयर फोर्स वान (राष्ट्रपतिको विशेष विमान)को सुरक्षासम्बन्धी समाचार प्रकाशित गरेपछि ‘समन’ जारी गरिएको हो ।
न्युयोर्क टाइम्सका अनुसार, संघीय एजेन्टहरूले केही पत्रकारको घरमै पुगेर उनीहरूलाई संघीय ग्रान्ड जुरीसमक्ष उपस्थित हुन आदेश दिएका छन् । संघीय ग्रान्ड जुरीले सम्भावित गोप्य सूचना चुहावटसम्बन्धी अनुसन्धान गरिरहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)