हङकङ अपार्टमेन्ट आगलागी प्रकरण : दुई कम्पनी र सात जनाविरुद्ध मुद्दा
ratopati.com · Wed Jun 10 10:07:07 GMT 2026

हङकङ । गत नोभेम्बरमा हङकङस्थित वाङ फुक कोर्ट आवासीय परिसरमा भएको विनाशकारी आगलागी घटनासम्बन्धी मुद्दामा दुई कम्पनी र सात जनाविरुद्ध विभिन्न आपराधिक अभियोग दायर गरिएको छ ।
हङकङका अधिकारीहरूले उनीहरूमाथि मानव हत्या, ठगीको षड्यन्त्र, न्यायिक प्रक्रियामा बाधा पुर्याउने प्रयास तथा कर छली लगायत २५ वटा अभियोग लगाएका छन् । उक्त आगलागीमा १६८ जनाको मृत्यु भएको थियो । यो घटना हङकङमा पछिल्लो ७० वर्षभन्दा बढी अवधिमा भएको सबैभन्दा घातक आगलागी मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)