खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहक महानुभावहरूलाई एन आई सी एशिया बैंकको अनुरोध
ajakoartha.com · Wed Jun 10 10:02:00 GMT 2026

काठमाडौं- एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना (Email Address) अद्यावधिक गर्न अनुरोध गर्दछ ।
बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” Option मा ट्याप गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)