देवचुली नगरपालिकाद्वारा किसानलाई अनुदानमा कृषि सामग्री वितरण
shilapatra.com · Sun Jul 12 02:34:00 GMT 2026

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले किसानलाई ९२ लाख मूल्यबराबरको कृषि सामग्री अनुदानमा वितरण गरेको छ । कृषि क्षेत्रको प्रवर्द्धन गर्दै उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले आधुनिक कृषि सामग्री वितरण गरिएको कृषि विकास शाखाका देवचुलीका प्रमुख गगन भट्टराईले बताए ।
देवचुली नगरपालिकाले कृषि नवप्रवर्द्धन साझेदारी परियोजनामार्फत किसानलाई कृषि सामग्री हस्तान्तरण गरेको हो । कृषि विकास शाखाका प्रमुख भट्टराईका अनुसार नवप्रवर्द्धन साझेदारी परियोजना, नगरपालिका र किसानहरूको पचास–पचास प्रतिशतको लागत सहभागितामा कृषि सामग्री वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)