मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले नेता देशव्यापी दौडाहामा

news24nepal.tv · Fri Sep 17 00:45:50 GMT 2021

काठमाडौँ । पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम थालेको छ ।

विभाजनको असर आगामी चुनावमा कम पर्न दिन तथा नेताकार्यकर्तालाई विभाजित पार्टीमा जान रोक्न एमालेले देशव्यापी कार्यक्रम सुरु गरेको हो । झापा, रूपन्देही, काठमाडौंजस्ता जिल्लामा आयोजित भेला, बैठक, प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न थालेका छन् । युवा संघ र अन्य जनवर्गीय संगठनका पनि भेला, बैठक शुरु भएका छन् । केन्द्रीय नेताहरू देश्यव्यापी रूपमा कार्यक्रममा सहभागी हुन थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)