पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक
nepallive.com · Sat Aug 19 01:42:00 GMT 2023
काठमाडौं- पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक भएको छ। यसअघि उत्कृष्ट १५ पुस्तकको सूची निकालेको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले दोस्रो चरणको सूची सार्वजनिक गरेको हो।
दोस्रो चरणको छोटो सूचीमा डा नवराज केसीको शून्यको मूल्य, विवेक ओझाको ऐँठन, सुबिन भट्टराईको इजोरिया, प्रदीप रोदनको मफलर र डा देवीप्रसाद सुवेदीको मनु पुस्तक परेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए। प्रतिष्ठानले वि.सं. २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)