विपद् उद्धार तथा उपचारमा सक्रिय हुन चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलको अपिल
swasthyakhabar.com · Wed Aug 26 07:43:00 GMT 2026

काठमाडौं - चीनको तिब्बत हुँदै त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उद्धार, उपचार र स्वास्थ्य सेवामा सक्रिय सहभागी हुन आह्वान गरेको छ।
काउन्सिलले बुधबार विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, प्राथमिक उपचार, आकस्मिक उपचार तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सकीय तथा मानवीय दायित्वका साथ परिचालित हुन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)