तिब्बतबाट आएको भीषण बाढीले धादिङको फुर्के खोला पुल पनि बगायो
corporatenepal.com · Wed Aug 26 07:55:00 GMT 2026

काठमाडौं । तिब्बतबाट नेपालको रसुवा हुँदै आएको भीषण बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ । पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो ।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार यस क्षेत्रमा केही मान्छेहरू फसेका छन् । उनले भने, ‘ठाउँ ठाउँमा राजमार्गसम्म पानीको सतह आइसकेको छ । राजमार्गको यात्रा ज्यादै जोखिमपूर्ण रहेको छ । पानीको बहाव धादिङ क्षेत्रमा बढीरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)