बिहार विधान परिषद् निर्वाचनमा जन सुराजका सुरेश राय विजयी, कांग्रेसका मदन मोहन झा पराजित
annapurnapost.com · Tue Oct 27 21:11:29 GMT 2026

काठमाडौं : भारतको बिहार विधान परिषद्को दरभंगा शिक्षक निर्वाचन क्षेत्रमा जन सुराज पार्टीका उम्मेदवार सुरेश प्रसाद राय विजयी भएका छन् । उनले कांग्रेसका निवर्तमान विधान पार्षद् तथा पूर्व प्रदेश अध्यक्ष मदन मोहन झालाई ३२४ मतान्तरले पराजित गरेका हुन् ।
प्रशान्त किशोर नेतृत्वको जन सुराज पार्टीबाट उम्मेदवारी दिएका राय यसअघि सन् २०२० मा भारतीय जनता पार्टी (भाजपा) बाट यही निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला पराजित भएका उनी यसपटक निर्वाचन हुनुभन्दा केही समयअघि जन सुराज पार्टीमा प्रवेश गरी उम्मेदवार बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)