मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

barnanmedia.com · Tue Oct 27 21:16:00 GMT 2026

बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी र विद्यालयका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको जनाएको छ । यद्यपि, सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षाअन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)