मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटमा बोक्सीको आरोप लगाउने र बैंकिङ्ग कसुरका दुई फरार प्रतिवादी पक्राउ

barnanmedia.com · Sun May 17 14:38:22 GMT 2026

जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बोक्सीको आरोपमा दुव्र्यवहार गरी फरार रहेका र बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

कटहरीया नगरपालिका वडा नं. ९ डुमरिया टोल बस्ने ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गर्ने एक जना पक्राउ परेका हुन् । स्थानीय गौरी साह कलवारसहितका व्यक्तिहरूले ‘मेरो आफन्तलाई बिरामी बनाई दिएको’ भन्दै ती महिलालाई गालीगलौज, लछारपछार, कुटपिट गर्नुका साथै मलमूत्र समेत खुवाएर अपमानित गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)