दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो
barnanmedia.com · Tue Oct 21 17:45:00 GMT 2025

काठमाडौँ, ४ कात्तिक:लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी मनाएपछि मङ्गलबार भारतको राजधानी नयाँदिल्ली घना र विषालु धुवाँले ढाकिएको छ । यो उत्सवले राजधानीको वायु प्रदूषणलाई खतरनाक स्तरसम्म पुर्याएको अधिकारीहरूले बताएका छन् ।
सोमबार राति ढिलोसम्म फोडिएका पटाकाहरूले हावामा धुवाँ र सूक्ष्म कणहरूको मात्रा तीव्र रूपमा बढायो, जसले पहिल्यै मौसमी प्रदूषण र स्थिर मौसमको अवस्थासँग मिसिएर वातावरणलाई झन् विषाक्त बनायो । मङ्गलबार बिहानसम्म नयाँदिल्लीका अधिकांश क्षेत्रमा वायु गुणस्तर सूचकाङ्क (एक्युआई) ३५० नाघेको थियो । जुन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ‘गम्भीर’ स्तर हो र सास फेर्न नै खतरनाक मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)