पानीको बहाव वृद्धिपछि सप्तकोशी ब्यारेजमा सतर्कता
kendrabindu.com · Sun Jul 12 03:47:37 GMT 2026

काठमाडौं। सप्तकोशी ब्यारेजमा नदीको सतह बढेकाले सावधानी अपनाउन आग्रह गरिएको छ । पानीको सतह बढेर प्रतिक्युसेक १ लाख २६ हजार भएको र यो साधारण तह भन्दा बढी रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको हो ।
चार घण्टा अगाडि १ लाख २५ हजार १ सय १० क्युसेक पानीको बहाव रहेको ब्यारेजमा लगातार बहाव वृद्धि भएको छ । आज दिनैभरि वर्षाको अनुमान भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)