दृष्टिविहीन बुहारीको सहारा बनेकी सासू
ekantipur.com · Tue Oct 21 17:54:29 GMT 2025

काठमाडौँ — ताकेश्वर नगरपालिकामा रहेको नवजीवन परोपकार समाजको भवनअगाडि एउटै रंग र बुट्टा भरेको चोलो लगाएर गन्थन गर्दै एक वृद्धाले अधबैंसे महिलालाई डोहोर्याएर हिँडिरहेको देखिन्थिन् । वृद्धाले बेलाबेला अधबैंसे महिलालाई हातले कोट्याएर सान गरिरहेको पनि देखिन्थिन् । त्यो दृश्य निकै मर्मस्पर्शी थियो ।
उनीहरू एकैघरका सासू-बुहारी हुन् । धादिङ पीडाघारी घर भएकी अमृतकुमारी अधिकारी उमेरले ८७ वर्षकी भइन् । उनी नवजीवन परोपकार समाजमा विगत ६ वर्षदेखि बस्दै आइरहेकी छिन् । आश्रममा उनी मात्र बस्दिनन्, अमृतकी बुहारी यमकुमारी पनि सँगै बस्छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)